IME Life New

Neco Insurance’s net profit rises to Rs 1.07 crore

SPIL
Nepal Life

काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नाफा र कुल बीमा घटेको छ ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब ३१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५८ करोड ७१ लाख रुपैयाँ र अन्य इक्विटीमा ४० करोड ३४ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

अघिल्लो वर्षको असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब ३१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ७७ लाख रुपैयाँ र अन्य इक्विटीमा ४३ करोड ४२ लाख रुपैयाँ रहेको थियो।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले १५करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ९३ प्रतिशतले कमी हो ।

दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब १८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष पुससम्म कम्पनीले १ अर्ब २० करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन सामान्य घटेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म ६९ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले ६८ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क सामान्य बढेको छ ।

समीक्षा अवधिमा शेयरपुँजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ० दमलव ८० पैसा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS