IME Life New

Shikhar Insurance has achieved Rs. Historic achievement of Rs 600 crore in total insurance premium collection

SPIL
Nepal Life

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ मा ६०० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरी नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कोशेढुंगा पार गरेको छ।

कम्पनीको यस व्यावसायिक उपलब्धिले कम्पनीबाट नेपालको बीमा क्षेत्रको दायरा विस्तार गर्न, बीमाको आयाम फराकिलो बनाउन तथा राष्ट्रको आर्थिक जोखिम व्यवस्थापन क्षमतालाई सुदृढ बनाउन गरेको योगदानलाई समेत प्रतिबिम्बित गर्दछ । स्थापनाकालदेखि नै बीमाको पहुँच विस्तार, नवीन बीमालेखहरुको विकास तथा गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको शिखर इन्स्योरेन्सले हाल देशभरका ७३ जिल्लामा फैलिएको १३१ कार्यालय सञ्जालमार्फत बीमा सेवाको पहुँच विस्तार गर्दै बीमा पहुँच वृद्धि तथा वित्तीय समावेशीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।

Esewa
Crest

कम्पनीको सफलता पछाडि यसको सुदृढ वित्तीय आधार, सक्षम व्यवस्थापन, व्यावसायिक जनशक्ति, उच्चस्तरीय पुनर्बीमा व्यवस्था, छिटो तथा पारदर्शी दाबी भुक्तानी प्रणाली, प्रविधिमैत्री सेवा तथा ग्राहक केन्द्रित कार्यसंस्कृति, संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यवस्थापन अभ्यासहरु प्रमुख आधारका रुपमा रहेका छन्। कम्पनीलाई विश्वास गर्ने कम्पनीका ग्राहक, अभिकर्ता, सर्भेयर, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्थाहरु, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुमा कृतज्ञता ज्ञापन गरिएको छ।

आगामी दिनहरुमा पनि शिखर इन्स्योरेन्सले नवीनता, उत्कृष्ट सेवा, सुशासन तथा व्यावसायिक उत्कृष्टताप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तर अगाडि बढाउँदै नेपालको बीमा क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS