IME Life New

Over 51,000 households to be affected by monsoon-related disasters across the country this year

SPIL
Nepal Life

काठमाडौं । सरकारले यो वर्ष वर्षातको माैसममा देशभर ५१ हजार भन्दा बढी घरधुरी प्रभावित हुने आंकलन गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बिहीबार सम्पन्न ३४ औं बैठकले स्वीकृत गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस्तो जानकारी समावेश गरिएको छ।  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार, यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ।

Esewa
Crest

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री माननीय सुनिल लम्सालको अध्यक्षतामा बसेको बैठकले यस वर्षका लागि तयार गरिएको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ। बैठकले ‘खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड, २०८३’ परिमार्जनसहित स्वीकृत गरेको छ। यसैगरी ‘कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि, २०८३’ ‘पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचा, २०८३’ ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१’ का केही बुँदाहरुमा संशोधन सहित स्वीकृत गरेको छ।

यसैगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी जिम्मेवार निकाय र मुख्य-मुख्य जिम्मेवारी उल्लेख गरिएको छ। कार्ययोजनामा मनसुन पूर्वतयारी र प्रतिकार्यको लागि आवश्यक पर्ने सम्पर्क व्यक्तिहरु र अत्यावश्यक खोज, उद्धार तथा राहत सामग्रीको विवरण राखिएको छ।

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS