IME Life New

Crest Micro Life Insurance Fund Grows By 132%

SPIL
Nepal Life

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले १ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को चैतसम्म कम्पनीले १ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १४.९० प्रतिशतले नाफा बढेको छ।

Esewa
Crest

शेयर पुँजी ७५ करोड रहेको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ५७ लाख ९४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ४ करोड ५६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४५ लाख ८४ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ३ करोड ४८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड २३ लाख रुपैयाँ थियो।

चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा १३ करोड ३२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ५ करोड ७३ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १३२.५० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ४२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले २३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ७९.१९ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको चैतसम्म ३२ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ६५.४५ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १.२१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १.८७ रुपैयाँ रहेको थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १११.१७ रुपैयाँ रहेको छ।

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS