IME Life New

असार २७ गतेदेखि ललितपुर र नेपाल फाइनान्सको एकीकृत कारोबार शुरु हुने

SPIL
Nepal Life

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्सलाई प्राप्ति गरेको छ । यी दुई फाइनान्स कम्पनीको असार २७ गतेदेखि एकीकृत कारोबार शुरु हुने कम्पनीले जनाएको छ ।

यी दुवै कम्पनीले जेठ २८ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार शुरु गर्ने भउका हुन् ।

Esewa
Crest

प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं. २८ कमलादीमा रहने जनाइएकोे छ । अब नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार शुरु हुनेछ ।

एकीकृत कारोबारका लागि दुवै कम्पनीको विवरणलाई एउटै सफ्टवेयरमा कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकाले असार २५ गते दिउँसो १२ः३० बजेदेखि असार २६ गतेसम्म दुवै कम्पनीको सम्पूर्ण सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

 

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS