IME Life New

आजसम्म शेयर किन्नेले गुराँस लघुवित्तको प्रस्तावित लाभांश पाउने, एजीएम कहिले ?

SPIL
Nepal Life

काठमाडौं । आजसम्म शेयर किन्नेले गुराँस लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश पाइने भएको छ । लाभांश र सभा प्रयोजनका लागि संस्थाले भोलि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज असोज २७ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्। उक्त प्रस्ताव पारित गर्न संस्थाले आफ्नो ११ औँ वार्षिक साधारणसभा आउँदो कात्तिक १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा धनकुटा नगरपालिकाको हिले कान्जिरोवा मकालु होटलमा बिहान ९ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सोही सभाले बोनस शेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक २०८३।८४ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

 

Post you comments

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

Related News

Insurance Khabar Mobile App Android and IOS