कामना सेवा विकास लिमिटेड को अध्यक्ष तथा संचालकको नियुक्ति

 

असार ३२ गते सम्पन बैङ्कको एघारौँ वार्षिक साधारण सभाले बैङ्कको अध्यक्ष तथा सन्चालकहरुको नियुक्ति गरेको हो। संस्थापक अन्तर्गत सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी ३ जना संचालकहरु नियुक्त गरेको छ, जसमा श्री सुदिप आचार्य, श्री भीम प्रसाद तुलाचन र श्री चतुराखर अधिकारी रहेका छन्। यसै गरी सर्वसाधारण समूह अन्तर्गत प्रतिनिधित्व गर्नेमा ३ जना संचालकहरुपनि नियुक्त गरेको छ। सर्वसाधारण अन्तर्गत श्री देवकृष्ण काफ्ले, श्री विश्वेश्वरप्रसाद सुवेदी र श्री बलराम बराल निर्विरोध निर्वाचित भएका छन् । सोही मितिमा बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्री सुदिप आचार्यलाई चयन गरेको छ।