सरकारले लेखापरीक्षण रकमको घेरा तोक्यो, घ वर्गले ५ करोडसम्मको मात्र गर्न पाउने

सरकारले लेखापरीक्षण गर्न पाउने सीमा तोकेको छ । साउन १ गते मंगलबारदेखि क देखि घ वर्गका लेखापरीक्षकले लेखापरीक्षण गर्ने सीमा निर्धारण गरिएको हो ।
रकमको सीमा बाहिर गएर लोखापरीक्षण गर्न नपाउने व्यवस्था गरेको छ । जसअनुसार क वर्षको पेशागत प्रमाणपत्र प्राप्त गरेका सदस्यले जतिसुकै रकमको पनि लेखापरीक्षण गर्न पाउने छन् ।
यस्तै ख वर्गकाले १ अर्ब, ग वर्गले २५ करोड र घ वर्गले ५ करोड रुपैयाँसम्म लेखापरीक्षण गर्न पाउने व्यवस्था गरिएको नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले जनाएको छ ।
सरकारले नेपाल चाटर्ड एकाउन्टेन्ट्स नियमावलीको नियमावलीमा परिमार्जन गरी लेखापरीक्षणको स्तर निर्धारण गरेको हो ।